मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

लोकपथ
3k
Shares

काठमाडौं । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४ ०प ५३०६ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक ३३ वर्षीय रुपक दियाली रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?