वीरगन्ज । पर्सामा मिटर ब्याजपीडित एक वृद्धले आत्मदाहको प्रयास गरेका छन् । उनले आज सोमबार दिउँसो साढे १२ बजे जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालका अनुसार, मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका–४ घर भई पर्साको वीरगन्ज नगरपालिका–२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
‘उनले हातमा मुसा मार्ने विषादी पनि बोकेका रहेछन्, पेट्रोल पनि बोकेका रहेछन्, शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्न खोजेको देखेपछि तत्काल प्रहरीले उद्धार गरी नारायणी अस्पताल पुर्याएको छ । उनको अवस्था सामान्य छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।
अनुसन्धानका क्रममा उनले एक लाख ५० हजार रुपैयाँ ऋण लिएको पाइएको छ । त्यसबापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएका रहेछन् । अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेकाले आत्महत्याको प्रयास गरेको देखिएको अर्यालले बताए ।
यो मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले छानबिन गरिरहेको भए पनि आज आवेगमा आएर उनले आत्मदाहको प्रयास गरेको अर्यालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया