काठमाडौं । १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने (एचपीभी) खोप लगाएका छन् ।
सरकारले माघ २२ गते एचपीभी खोप अभियान शुभारम्भ गरेको थियो । अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए ।
नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको उनको भनाइ छ । लक्षित समूहका किशोरीहरूलाई निःशुल्क उपलब्ध गराइएको र कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएको बताए ।
मन्त्री पौडेलले यस खोपले कुनै साइट इफेक्ट नपरेको दाबी गरे । उनले याे खोप पुरुषहरूलाई पनि दिने गरिएको र १४ वर्ष माथिका किशोरी र महिलालाई पनि दिने गरिएकाले नेपालले पनि अध्ययन गरिरहेको बताए । उनले नेपालको आफ्नै क्षमताले प्राप्त गर्न कठिन भएका कारण सहयोगी संस्था र मित्रराष्ट्रहरूमार्फत उपलब्ध गर्ने परिस्थिति निर्माण गर्ने काममा लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया