जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

लोकपथ
1.3k
Shares

दाङ । जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

तुलसीपुर उपमहानगरपालिका–९ रामनगर बस्ने कमल बिक (बगालेको) घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–५ बस्ने २९ वर्षीय अमर रेउले समेत ११ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १६ हजार ८ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?