धरानमा गाँजा बरामद गर्न मध्यराति तीन राउन्ड हवाई फायर

लोकपथ
1.6k
Shares

सुनसरी । धरानको चिमफुले खोलाबाट बुधबार राति ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले २३० केजी गाँजा बरामद गरेको हो । 

‘कारोबारी’लाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले राति करिब साढे १२ बजे हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार, लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले गाँजा बोकेर आएका केही भरियालाई रोकेर चेकजाँच गर्न खोजेको थियो । त्यस क्रममा भारी छाडेर उनीहरू जंगलतर्फ भागेपछि उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो । 

त्यस क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी नगरपालिका–९ का ४३ वर्षीय हरिकुमार राई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?