मानव अधिकार रक्षकले निर्वाध रूपमा कार्य गर्न पाउनुपर्छ : अध्यक्ष मगर

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार रक्षकहरूको हक अधिकार संरक्षण गर्न राज्यले आवश्यक कानुनी प्रबन्ध गर्न आवश्यक रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मानव अधिकार रक्षकहरूको संवर्द्धन, सुरक्षा, उनीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन नेपालको संविधानमा व्यवस्था गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । 

उनले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ प्रतिको नेपालको प्रतिबद्धता र नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अभिसम्धी १९६६ अनुमोदन समेतबाट हाम्रो मुलुक मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणको सवालमा जिम्मेवार रहेको कुरामा दुई मत नरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?