अवैध लागु औषधसहित एक जना पक्राउ

लोकपथ
357
Shares

कैलाली  । अवैध लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले  पक्राउ  गरेको छ । 

लम्कीचुहा नगरपालिका–२ बगनियाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । 

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?