कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–११ बस्ने ४८ वर्षीय देव सिंह ठकुरी भन्ने दीपक बहादुर सिंह रहेका छन् ।
जिल्ला अदालत कैलालीको २०६७ मंसिर २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई सजाय भुक्तान गरिरहेको अवस्थामा २०६९ साउन २२ गते कैलाली कारागारबाट भागि फरार रहेका उनलाई आज बिहान कञ्चनपुर भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया