काठमाडौं । स्याङ्जामा एक जना मृत अवस्थामा फेला परेका छन् । स्याङ्जा पुतली बजार नगरपालिका वडा नं-०३ काफलडाँडा घर्तिगाउँ बस्ने ६३ वर्षीय गोपाल घर्ति मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार घर्ति हिजो शनिबार घरबाट मादक पदार्थ सेवन गरी बाडखोला जान्छु भनी हिँडेका थिए ।
राती सम्म पनि घर फर्की नआएपछि खोजतलास गर्ने क्रममा आज बिहान घरबाट अन्दाजी १०० मिटर पूर्व गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया