काठमाडौं । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाउनलेहरु विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभाषद् आङटावा शेर्पा, डा. इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन् ।
निलम्बित सचिव पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया