काठमाडौं । मधेश प्रदेश सरकारमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
माओवादीका युवराज भट्टराईले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीकै नेता साह र एकीकृत समाजवादीकी नेतृ लुंगेलीको भने मन्त्रालय तोकिएको छैन ।
त्यस्तै नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको शपथ ग्रहण गरेकी छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ गराएका हुन् ।
१५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया