काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतका लागि सिफारिस गरेको सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पूर्वराजदूत अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया