काठमाडौं । गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ती बदरको माग गर्दै मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले वारेसमार्फत् सर्वोच्चमा रिट दायर गरेका थिए ।
गण्डकीका मूख्यमन्त्री अधिकारीको नियुक्ती बदर गर्दै आफूलाई नै मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया