कोशीमा प्रदेश प्रमुख खापुङद्वारा वैशाख ६ गते विशेष अधिवेशन आह्वान

लोकपथ
63
Shares

काठमाडौं । कोशी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ गतेका लागि बोलाइएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका हुन् ।

२६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रदेश प्रमुख खापुङले वैशाख ६ गते बिहीबार १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?