काठमाडौं । संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विरोध जनाएका छन् ।
यसअघि नेपाली कांग्रेसले निरन्तर संसदमा अवरोध गर्दै आइरहेको थियो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै छानबिन समिति बनाउन कांग्रेसको माग गरिरहेको छ ।
त्यस्तै आजको बैठकमा कांग्रेससँगै राप्रपाले पनि विरोध जनाएको हो ।
बैठकमा बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले समीकरण फेरिएपछि सहकारी प्रकरणको छानबिन पनि फेरिएको आरोप लगाए । त्यस्तै उनले आफ्नो माग सरकारले पूरा नगरेको भन्दै आफूहरु निरन्तर आन्दोलन गर्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया