काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ।
सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि कुरा मिल्न नसकेपछि सूचना टाँस गरेर बैठक स्थगित गरेका हुन् ।
नेपाली कांग्रेसले गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायम राखी संसद बैठक अवरोध गर्दा बैठक १५ मिनेट स्थगित गरिएको थियो।
नेपाली कांग्रेसले पछिल्लो समय वहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरिएकोप्रति संसदीय छानबिन समिति गठन हुनैपर्ने बटम लाइन राख्दै संसद अवरोध गर्दै आएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक सुशिला थिङले संसदीय दलको निर्णयलाई कांग्रेसले कायम राख्ने उल्लेख गरिन ।
मंगलबार ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन तत्काल हुनुपर्ने मागलाई स्वीकृत गरेरै आफ्नो अडान कायम राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया