काठमाडौं । भारतको उत्तराखण्डमा गाडी दुर्घटनामा परी ७ नेपालीको मृत्यु भएको छ । उत्तराखण्डस्थित नैनिताल जिल्लामा सोमबार राति गाडी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको हो ।
सोमबार राति नै नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
समाचारका अनुसार मृतक सबै महेन्द्रनगरका रहेको जनाइएको छ । दुर्घटनापछि स्टेट डिजास्टर टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगी ८ जनाको शव निकालेको थियो । मृत्यु हुनेहरु सबै जल जीवन मिसनमा कार्यरत रहेका थिए । उनीहरुको सनाखत समेत भइसकेको छ ।
मृत्यु हुनेहरुमा नेपालीहरूमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया