सदनको अवरोध हटाउन बालुवाटारमा बैठक जारी

लोकपथ
21
Shares

काठमाडौं । संसदमा भइरहेको अवरोध हटाउने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री गगन थापा सहितका नेताहरु सहभागि रहेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै नेपाली कांग्रेसले निरन्तर संसदमा अवरोध गरिरहेको छ । गृहमन्त्रीको विषयमा छानबिन गर्न छानबिन समिति माग गरिरहेको कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि सोमबार सभामुखले बैठक आह्वान गरेका थिए । तर कांग्रेसले छानबिन समिति नबनाए आफूहरुले संसदमा थप कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । त्यससँगै आज पुनः बैठक बसेको हो । त्यसो त आजै कांग्रेसले संसदीय दलको बैठक बोलाएर त्यस विषयमा छलफल गरिरहेको छ ।

सभामुखले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल लिएको सभामुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?