गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

लोकपथ
287
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथग्रहणपछि पदभार ग्रहण गरेका छन् ।

पोखरास्थित मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका मुख्यमन्त्री अधिकारीले स्वास्थ्यसम्बन्धी पहिलो निर्णय गरेका छन् ।

उनले अस्पतालमा ओपिडी सेवा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हुने निर्णय गरेका हुन् ।

त्यस्तै आफूले जनमुखी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

अधिकारी आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख डिल्लराज भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको नियुक्ती विवादमा परेको छ । सभामुखको समर्थन जुटाएर मुख्यमन्त्री बनेका उनको नियुक्तीविरुद्ध नेपाली कांग्रेस अदालत जाने भएको छ । यद्यपी सभामुख कृष्णप्रसाद धितालले भने सरकार गठनमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?