ठेकेदारमार्फत् आमाको नाममा ८० लाखको जग्गा, इन्जिनियरसहित उनकी आमाविरुद्ध मुद्दा

लोकपथ
175
Shares

काठमाडौं । भ्रष्टाचारको आरोपमा लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग आयोगले आमाछोराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रमुख भट्टराईले लुम्बिनी विकास कोषमा निर्माणको काम गर्ने प्रोपाइटरसँग घुस मागेका थिए । उनले घुस वापत मागेको रकम अनुसार उनको भक्तपुरको गुण्डुमा १३७४ र १३७५ कित्ता नम्बर भएको जग्गा खरिद गरेका थिए ।

भट्टराईले सो रकम ती निर्माण व्यवसायीबाट ४० लाख जग्गाको बिक्रेता र बाँकी ४० लाख जग्गा खोजिदिने व्यक्तिको खातामा ट्रान्सफर गर्न लगाएका थिए । उक्त काम भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गतको कसुर भएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

भ्रष्टाचारको ठहर गर्दै सरोजलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार ८० लाख बिगो दाबी र उनको आमाको नाममा रहेको जग्गा जफत गरिएको अख्तियारले जनाएको छ । त्यस्तै उनकी आमालाई पनि भ्रष्टाचारमा मतियार बनेको कसुरमा भ्रष्टाचार निवारण ऐन अनुसार सरोजलाई जति सजाय र बिगो दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?