‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल

लोकपथ
28
Shares


काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत विषयमा दफावार छलफल गरेको छ ।शुक्रबार सिंहदरबारमा बसेको बैठकमा ऐन संसोधनका क्रममा पाँच मन्त्रीलाई बोलाएर मन्त्रालयसँग सम्बन्धीत विषयमा छलफल गरेको हो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ, वन तथा वातावरणमन्त्री नवलकिशोर साह उपस्थित थिए ।ऐन संसोधनका सम्बन्धमा समितिका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफ्नो मन्त्रालयसँग सम्बन्धीत कानुनहरु संसोधनहरु गर्न गम्भीर रहेको बताए ।

उनले भने, ‘यहाँ छलफल हुने विषयहरुलाई मन्त्रालयले गम्भिरतापूर्वक हेर्ने नै छ । केही ऐनका कुराहरु छन्, भएका व्यवस्थाका कुराहरु छन् । यसमा मन्त्रालय गम्भीर छ ।’ समिति सभापति विमला सुवेदीले दफावार छलफलका क्रममा निष्कर्षमा पुगेका विषयलाई सोही अनुसार गर्ने र निष्कर्षमा पुग्न बाँकी रहेका विषयलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धितसँग थप छलफल गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?