काठमाडौं । पोखराको सूर्य दर्शन सहकारीका पीडितहरुले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यायको मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
आज पोखरामा पुगेका ओलीलाई ज्ञापनपत्र बुझाउँदै पीडितहरुले सहकारीका पीडितहरुका विषयमा एमाले किन मौन भन्दै प्रश्न समेत गरेका छन् ।
एक जना व्यक्ति जिबी राईलाई पक्राउ गर्ने विषयमा सिंगो राज्य नै निकम्मा सावित भएको समेत बताएका छन् ।
‘आज एक जना सुर्यदर्शन सहकारीका संचालक जिबी राई भन्ने व्यक्तिको विषयमा सिंगो राज्य, सरकार, प्रहरी प्रशासन निकम्मा बनिरहेको अवस्था छ । होइन भने तपाईंको सम्पूर्ण राजनीतिक जीवनको अनुुभवको आधारमा तपाईंले चलाएका सत्ता र शासनको आधारमा भन्नुुपर्दा के हामी पीडितले न्याय पाउनुपर्ने होइन र ? तपाई र तपाईंको पार्टी पनि यस विषयमा मौन नै हुनुहुन्छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।
राज्यले नै त्यस विषयमा मौनता साधेका कारण आफूहरुले न्याय नपाएको उनीहरुले दाबी रहेको छ । राज्यले चाहने हो भने फरार रहेका व्यक्ति जिबी राईलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सक्ने उनले बताए ।
‘हामी सहकारी पीडितले साच्चिकै तपाईंहरुबाट न्याय नपाउने नै हो त ? हामी कहिलेसम्म पीडित नै रहने हो ? यसको जवाफ दिनुहोस्, यो राज्यभित्र तपाईंहरुले चाहनुभयो भने यो राज्य व्यवस्थाले चाह् यो भने कुनै एक जना प्रतिवादीलाई कुनै ठाउँबाट झिकाइ कारबाहीको दायरामा ल्याउने काम त्यति असहज नहुने जस्तो हामीलाई लाग्दैन । त्यसैले हाल यो राज्य सरकार किन मौन अथवा विभिन्न बहानामा व्यस्त छ हामीले बुझ्न सकेका छैनौँ ।’ ज्ञापनपत्रमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया