नेविसंघले आगामी पुष मसान्तसम्म महाधिवेशन गर्ने, अरु के-के भयो निर्णय (पूर्णपाठ)

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२आँै महाधिवेशन आगामी वर्षको पुष मसान्तसम्म हुने भएको छ ।

बिहीबार बसेको नेविसंघको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

हरेक २–२ वर्षमा हुनुपर्ने महाधिवेशन विगत ८ वर्षदेखि हुन सकिरहेको छैन ।

बैठकको निर्णयमा भनिएको छ, ‘नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन २०८१ साल पौष मसान्तभित्र सम्पन्न हुने गरी मातृ पार्टीसँग आवश्यक समन्वय गरी मिति एवं कार्यतालिका तय गर्ने कार्यदेश कार्यसम्पादन समितिलाई दिने सर्वसम्मतिले निर्णय गरियो ।’

त्यस्तै केन्द्रीय कमिटी बैठकले मातृ पार्टीसँग आवश्यक समन्वय गरी एक महिनाभित्र केन्द्रीय कार्यसमितिको कुल सदस्यको १० प्रतिशत सदस्य रहने गरी कार्यसम्पादन समिति गठन गर्ने निर्णय समेत भएको छ ।

त्यस्तै नेपाल विद्यार्थी संघलाई राष्ट्रव्यापी बनाउनका लागि सदस्यता वितरण प्रणालीलाई डिजिटल रुपमा अघि बढाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?