काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बिनाको देश र ओली बिनाको एमाले कल्पनै गर्न नसकिने बताएका छन् ।
नेकपा एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।
त्यस्तै आफ्नो कपाल पलाउन थालेकाले अबको २० वर्ष एमालेमा अरु कसैले पनि आशा नगरे हुने टिप्पणी गरे ।
‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् ।’ ओलीले भने, ‘मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’
त्यस्तै नेकपा एमाले देश र जनताको काममा व्यस्त रहेको बताउँदै एमालेले देशबाट गरिबी, देशबाट भोकमरी हटाएर मात्रै विश्राम लिन सक्ने टिप्पणी गरे ।
‘अहिले हामीलाई समय छैन । हामी व्यस्त छौँ ।’ओलीले अघि भने, ‘नेकपा एमाले र यस देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर अनि मात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया