काठमाडौं । गृहमन्त्रालयले केही दिन अघि सामाजिक सञ्जाल नियमन गर्ने गरी प्रमुख जिल्ला अघिकारीलाई दिइएको निर्देशनका विषयमा स्पष्ट पारेको छ ।
आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहसचिव एकनारायण अर्यालले सो विषयमा स्पष्ट पारेका हुन् ।
उनले सामाजिक सञ्जालमा हुने गरेको धार्मिक सदभाव भड्किने खालका गतिविधि नियन्त्रणका लागि भएको बताउँदै आफूहरुले मिडियाहरुलाई बन्देज लगाउन नखोजेको बताए ।
केही दिन अघि गृह मन्त्रालयले २१ बुँदे निर्देशन जारी गर्दै मिडियाहरुको नियमनका लागि सिडियो कार्यालयमा क्याम्प खडा गर्न भनिएको थियो । तर सर्वत्र आलोचना भएपछि गृह मन्त्रालयले आफ्नो निर्णयबाट पछि हटेको थियो ।
त्यस्तै सिंहदरबार परिसरमा हातहतियार बोक्ने व्यक्तिको लाइसेन्सका बारेमा अनुसन्धान गरिएको बताए । साथै समितिमा उठेका विभिन्न विषयमा उठेका सवालको जवाफ दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया