उपनिर्वाचन : इलाम–२ र बझाङमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय

लोकपथ
280
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

बुधबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश सभा ‘क’ मा हुने निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो ।

उपनिर्वाचनका लागि इलाम–२ मा केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण प्रदेश सभा सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिसमा परेको छ ।


यता नेकपा एमालेले इलाम क्षेत्र नं २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् ।


त्यस्तै नेपाली कांग्रेसले गत निर्वाचनमा सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका डम्बर खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ । तर आधिकारीक रुपमा उम्मेदवारी बनाउने निर्णय गरिसकेको छैन ।

अन्य दलहरुले भने छलफल जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?