काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि गृह मन्त्रालयले समिति बनाएको छ ।
सुन प्रकरणमा लापरबाही भएको भन्दै प्रहरीमाथि छानबिनका लागि गृहले थप अर्को समिति बनाएको हो ।
गृहको कानुन महाशाखाका सहसचिव भरतमणी रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइउको हो ।
जसमा रिजालसहित नेपाल प्रहरीका डिआइजी भीमप्रसाद ढकाल र गृहमन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही रहेका छन् ।
सुन तस्करी प्रकरणमा लापरबाही गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यसहित एसपी संजयसिंह थापा, डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल कारबाहीमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया