७७ वटै जिल्लाका सिडिओलाई गृहको २१ बुँदे निर्देशन (पूर्णपाठ)

लोकपथ
343
Shares

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई विभिन्न २१ बुँदे निर्देशन दिएको छ ।

बुधबार उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्देशन जारी गर्दै मन्त्रालयले शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरणका विभिन्न विषयमा निर्देशन जारी गरेको हो ।

जसमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादिन प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा सवारी दुर्घटना न्यूनिकरण, राजस्व चुहावट नियन्त्रणसहित प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय प्रभावकारी व्यवस्थापन र सूचना प्रविधिको प्रयोग लगायतका विषयमा निर्देशन दिइएको हो ।

त्यस्तै गृहले कर्मचारी आचरण र अनुशासनका लागि कर्मचारीको उपस्थिती, आचरण र अनुशासनमा ध्यान दिने, विद्युतीय हाजिरीको प्रभावकारी कार्यान्वयन गर्ने, कर्मचारीहरुले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यममा पदीय आचरण विपरित शेयर, कमेन्ट नगर्ने र त्यस्ता कार्य नगर्न निर्देशन दिइएको छ ।

त्यस्तै गृहले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि समेत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सम्बन्धित स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा सार्वजनिक तथा सरकारी जग्गाको लगत तयार गरी सोको अभिलेख पठाउने र जिल्ला र स्थानीय तहमा राख्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?