काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिसमा परेको छ ।
नेपाली कांग्रेस इलाम क्षेत्र नं २ समितिले ७ जनाको नाम सिफारिस गरेको हो ।
जसमा भेषराज आचार्य, नगेन्द्र कुमाल, रमेश लिङदेन, डम्बरबहादुर खड्का, केशव थापा, शान्तिकला राई र चन्द्रमाया लिम्बु रहेका छन् ।
सिफारिसमा परेका आचार्य २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेका उम्मेदवार स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग प्रतिपष्र्धा गरेका थिए । कांग्रेस महासमिति सदस्य समेत रहेका उनी २०७० को निर्वाचनमा भने पराजित भएका थिए ।
त्यस्तै सिफारिमा परेका अर्का नेता खड्का भने गत निर्वाचनमा उनै सुवास नेम्वाङसँग पराजित भएका थिए ।
सिफारिसमा परेका नामहरु बिहीबार रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ । त्यसपछि चैत १० गते आकांक्षीहरुको नाम केन्द्रमा पठाउने तयारी गरिएको नेपाली कांग्रेस इलामका एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया