काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले महरालाई कपिलबस्तुबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
भेपमार्फत सुनको अवैध कारोबार गरेको प्रकरणमा महरा पक्राउ परेका हुन् । केही दिन अघि सुन प्रकरणबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा महरालाई मुद्दा चलाउन समेत सिफारिस गरिएको थियो ।
त्यसो त यसअघि नै सोही सुन प्रकरणमा जोडिएका उनका छोरा राहुल महरा पक्राउ परी प्रहरी अनुसन्धानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया