काठमाडौं । एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्र पाण्डेले सो कुरा जानकारी गराएका हुन् ।
त्यस्तै उनले पटकपटक राजनीतिमा फेरिएको गठबन्धनले जनताप्रति नकारात्मक धारणा स्थापना भएको भन्दै त्यसलाई फर्काउनका लािग लाग्नुपर्नेमा जोड दिए ।
संसद विकास कोषको पैसा रोकिएपछि निर्वाचन क्षेत्रप्रति सांसदहरुको उत्तरदायित्व नभएको भन्दै बजेटमा सबै सांसदहरुको सहभागिता गराउन समेत आग्रह गरे । १६५ निर्वाचन क्षेत्रका सांसदहरुको बजेट निर्माणमा प्रतिनिधित्व नभएमा आफूहरुले त्यस बेला मत दिन नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया