काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै जसपाका सांसद राजकिशोर यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए ।
त्यस्तै प्रधानमन्त्रीले निर्वाचन भएको १५ महिनामा ३ पटक विश्वासको मत लिन पर्ने अवस्थामा आएको बताउँदै अबको कार्यकाल राम्रो होस् भन्दै शुभकामना व्यक्त गरे ।
त्यस्तै उनले प्रधानमन्त्री भएको तीन दिनमा ३ प्रदेशका प्रमुख फेरिँदा मधेशीको अनुहार नभएको भन्दै आफूहरुसँग भएको प्रतिबद्धता पूरा नभएमा अकल्पनीय अवस्था आउने चेतावनी दिए ।
सरकार बनेको तीन दिनमा तपाईले तीन प्रदेशको प्रमुख बदल्दिनुभयो तर त्यसमा एउटा मधेशीको अनुहार देखिएन ।’ उनले भने, ‘तपाईंले गरेको प्रतिवद्धता अनुसार हामी आफ्नो भाग खोज्छौँ । यदी हामीसँग भएको सम्झौता भएन भने अप्रीय स्थिती हुन सक्छन् ।’
अन्य व्यवस्थामा प्रधानमन्त्रीको अन्य विपक्षीको कारणले आफ्नो पद धरापमा पर्ने गरेको तर अहिले नेपालमा प्रधानमन्त्रीको आफ्नै कारणले पद धरापमा पर्ने अवस्थामा आएको बताउँदै उनले यो कार्यकाल लामो हुन बनाउने गरी काम गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया