प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गर्दै रास्वपाले भन्यो– ‘काम गर्न नसके छोडेर हिँड्छौँ’

लोकपथ
210
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेको छ ।


आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णीम वाग्लेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए ।


साथै आफूहरुले काम गर्ने मन्त्रालय रोजेर लिएको र जनतालाई डेलिभरी दिनेगरी काम गर्ने पनि बताए । साथै आफूहरुले काम गर्न नसकेका प्रधानमन्त्रीले हटाउन नपर्ने आफैँ हटेर जाने बताए ।


पूूरानो गठबन्धन तोडेर नयाँ गठबन्धनमा आएका प्रधानमन्त्रीलाई त्यसको औचित्य पुष्टि हुने गरेर साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?