‘गठबन्धन भत्किएपछि गालीको कुटिर उद्योग बन्द भयो’

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसले अघिल्लो गठबन्धन भत्किएपछि गाली गर्ने प्रवृत्तिको अन्त्य भएको बताएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद विश्वप्रकाश शर्माले नयाँ गठबन्धन भत्किएपछि गाली गर्ने काम बन्द भएको बताए ।

‘गठबन्धन भत्किएपछि गालीको कुटिर उद्योग बन्द भयो ।’ उनले भने ।

त्यसैगरी प्रधानमन्त्रीले कांग्रेसको कारणले पूर्ववर्ती गठबन्धन भत्किएको भन्ने विषयमा बोल्दै उनले नेपाली कांग्रेसको बैठकको कारण गठबन्धन भत्किनु भन्नु गलत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?