डा. महतलाई आरोप पुष्टि गर्न प्रधानमन्त्री दाहालको चुनौती

लोकपथ
336
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अनावश्यक पैसा बाँड्न लागेको भन्ने विषयमा स्पष्टीकरण दिएका छन् ।

आज विश्वासको मतको प्रयोजनका लागि बसेको संसद बैठकमा विश्वासको मत माग्दै आफूले अनावश्यक खर्च गर्न खोजेको र तत्कालिन अर्थमन्त्रीले रोकेको भन्ने विषयमा स्पष्टीकरण दिएका हुन् ।

यसअघि अर्थमन्त्री रहेका कांग्रेसका डा. प्रकाशशरण महतले प्रधानमन्त्रीले अनावश्यक पैसा बाँड्न खोजेको र आफूले त्यसलाई रोकेका कारण नयाँ समीकरण बनेको आरोप लगाएका थिए ।


सोही विषयमा स्पष्टीकरण दिँदै आफूूले कसलाई पैसा बाँड्न लागेको हो भन्ने विषयमा स्पष्ट पार्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?