कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्न : ‘हिजो राजनेता भन्नुहुन्थ्यो, आज म कसरी धोकेवाज भएँ?’

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतको एक वर्षको दौरानमा नेपाली कांग्रेसको आन्तरिक कारणले आफू आजित भएर गठबन्धन तोड्न बाध्य भएको स्पष्ट पारेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै सो कुरा बताएका हुन् ।

‘पछिल्ला एक वर्षभित्रमा कांग्रेसभित्रका विचार समूह र द्धन्दले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

त्यस्तै आफूले बृहत्तर हितलाई केन्द्रमा राखेर राजनैतिक मुद्दा र एजेण्डलाई केन्द्रबिन्दुमा राखेर देशका जनतामा नयाँ आशा र विकास दिनका लागि समीकरण बदल्दा कसरी धोकेवाज भएको भन्दै कांग्रेसलाई प्रश्न गरे ।

‘यही रोस्टममा उभिएर कुनै बेला नेपाली कांग्रेसका नेताहरुले मलाई राज नेता भन्नुभएको थियो । त्यो कुरा संसदको रेकर्डमा रहेको छ ।’ उनले भने, ‘मैले राजनीतिक तहमा भएको सहमति कार्यान्वयन गरे बापत मैले नेपाली कांग्रेसकै नेताबाट राजनेताको पगरी पाएको थिएँ । मेरो त्यो पदवी संसदको रेकर्डमा त सुरक्षित रहेको छ । तर त्यही राजनेता संविधान अनुसार राजनैतिक मान्यताका आधारमा राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर राजनैतिक मुद्दा र एजेण्डालाई केन्द्रबिन्दुमा राखेर देशका जनतामा नयाँ आशा र विकासको नयाँ गति लिने संकल्पसहित मैले लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेवाज कसरी भएँ ।’


त्यस्तै नयाँ समीकरणले नेपाली कांग्रेस एकै ठाउँमा आएको भन्दै त्यसको सूत्रधार आफँै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?