काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको राजनीतिक खेलले अब निर्वाचन अघि कुनै पनि दलले गठबन्धन कल्पना गर्न नसक्ने बताएका छन् ।
गोदावरी नगरपालिकाको आठाैँ नगरस्थापना दिवसको अवसरमा बोल्दै पूर्वमन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् ।
निर्वाचन अघि गठबन्धन गरेर जाने र निर्वाचनपछि अन्य दलहरुसँगै गठबन्धन गरेर जाने प्रवृत्तिले गठबन्धन गर्ने विषयमा कुनै दलले पनि सोच्न नहुनेमा जोड दिए ।
‘कुनै पनि राजनीतिक दलले अब निर्वाचन भन्दा अघि गठबन्धन गर्ने बारेमा कुनै कल्पनै गर्दैन । कसले कसलाई धोका दिन्छ भन्ने हिसाबकिताब नै हुँदैन ।’ उनले भने ।
त्यसैगरी अहिलेको अवस्था सिर्जना हुनुले हाम्रो निर्वाचन प्रणाली पनि मुख्य दोषी देखिएको कारणले निर्वाचन प्रणाली परिवर्तन जानुपर्नेमा जोड दिए ।
सबै दलहरुको प्रतिनिधित्व हुन नसकेका कारण मिश्रित निर्वाचन प्रणाली अबलम्बन गरेको तर त्यसले थप अस्तव्यस्तको अवस्था सिर्जना गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया