राप्रपाको कार्यालयमा हात हालाहाल, के हो झगडाको कारण ?

लोकपथ
6.6k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।


कार्यसम्पादन समितिको बैठकमा कार्यसम्पादन समितिका सदस्य ठाकुुर मोहन श्रेष्ठले बिक्रम पाण्डेमाथि अपशब्द बोलेपछि झैझगडाको अवस्था सिर्जना भएको राप्रपा स्रोतले जनाएको छ । स्रोतका अनुसार श्रेष्ठले पाण्डेमाथि अपशब्द बोलेपछि पाण्डे बैठकबाट बाहिरिएका थिए । सोही बेला श्रेष्ठमाथि अन्य केही युवाहरुको समूहले हातपात गरेका थिए । झैझगडाको अवस्था सिर्जना भएपछि सांसद दिपकबहादुर सिंहले छेकेका थिए ।

‘कार्यसम्पादन समितिका सदस्य ठाकुर मोहन श्रेष्ठले कार्यसम्पादन समितिमा बिक्रम पाण्डेमाथि अपशब्द बोलेपछि केही असहज अवस्था सिर्जना भएको थियो । त्यसपछि पाण्डे बाहिर निस्किएका थिए । सोही क्रममा अन्य केटाहरुले श्रेष्ठलाई एकदुइ थप्पड लगाएका हुन् । सो क्रममा सांसद दिपक सिंहले छेकेका हुन् ।’ स्रोतले भन्यो ।

अहिले अवस्था सामान्य भइ बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?