काठमाडौं । बाँसबारी छाला जुत्ता उद्योगको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका सिजी होल्डिङसका अध्यक्ष एवं व्यवसायी अरुण चौधरी र तत्कालिन प्रमुख अजित नारायणसिंह थापालाई ग्रान्डी अस्पताल लगिएको छ ।
बिहीबार पक्राउ परेका चौधरी र थापाको स्वास्थ्यमा समस्या आएको भन्दै चिरायु अस्पतालमा उपचार गरिएको थियो । तर आज उनीहरु दुवैलाई धापासीस्थित ग्राण्डी अस्पताल सारिएको हो ।
बाँसबारीस्थित सरकारी जग्गा चौधरी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्सका नाममा ल्याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न ४ दिनको अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया