काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
आगामी सोमबारदेखि हिउँदे अधिवेशन आह्वान भएकाले त्यसको तयारीका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अन्य समसामयिक राजनीतिक विषयहरू र सरकारका काम कारबाहीका विषयमा समेत छलफल हुनेछ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जानकारी दिए ।
उनका अनुसार हिउँदे अधिवेशनका कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुनेछ । संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले भूमिका निभाउने विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया