बालेनको कटाक्ष : ‘एउटै मन कतिपटक जित्छौ प्रचण्ड सरकार ?’

लोकपथ
406
Shares
k|wfgdGqL …k|r08ږsfdkfsf k|d’v zfx–e]6jftf{ sf7df8f}F, !^ k’; M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú / sf7df8f}F, dxfgu/kflnsfsf k|d’v afn]g zfxaLr ;f]daf/ k|wfgdGqL lgjf; afn’jf6f/ e]6jftf{ x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजनाको ५औँ पटक उद्घाटन गरेपछि यतिबेला उनको आलोचना भइरहेको छ ।

२०७७ साल फागुनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेदेखि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रचण्डसम्म आइपुग्दा ५औँ पटक उद्घाटन भइसकेको छ ।

आज प्रधानमन्त्री प्रचण्डले पुुनः सोही परियोजनाको उद्घाटन गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले एउटै परियोजना बारम्बार उद्घाटन गरेर विश्व कीर्तिमान नै कायम गर्न लागेको भन्दै व्यंग्य गरेका छन् । उनले भनेका छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।’

त्यस्तै उनले मेलम्ची खानेपानी आयोजनाको विभिन्न चरणको उद्घाटनको फेहरिस्त समेत दिएका छन् ।
२०७७ फागुनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, २०७७ साल चैतमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी, २०७९ साल बैशाख र मंसिरमा तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी र आज वर्तमान प्रधानमन्त्री प्रचण्डले सो आयोजनाको उद्घाटन गरेका हुन् ।

त्यस्तै मुहानको पूर्वतर्फको डाँडा पहिरोको जोखिममा रहेको र त्यो खसेर जुनसुकै बेला पनि पानीको मुहान थुनिन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

आफूहरुले आलोचना गर्न मात्र नचाहेको भन्दै त्यसको स्थायित्वका लागि केन्द्र सरकारसँग सहकार्य गर्न चाहेको समेत बताएका छन् । सहकार्यबाट दिगो परिणाम ल्याउन सकेमा मात्र सरकारले जनताको मन जित्न सक्ने बताए ।
‘हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साच्चै नै जित्नु भयो भनेर ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?