लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा सम्पन्न

लोकपथ
126
Shares

काठमाडौं । लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा सम्पन्न भएको छ ।

बैंकका अनुसार यही पुस २६ गते काठमाडौंमा सम्पन्न भएको बार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई सात प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाटस्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?