एमाले सचिवालय बैठक जारी, के होला राष्ट्रिय सभा निर्वाचनबारे निर्णय ?

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्ने प्रयासमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक जारी रहेको हो ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् । सत्ता गठबन्धनमा हुन लागेको भागबण्डामा एमालेले ६ सिट दाबी गरेको छ भने त्यसबारे एमालेभित्रै दुई थरी मत छन् ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारेको छलफल बैठकका मुख्य एजेण्डा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?