काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयनका लागि मिति नजिकिएसँगै राजनीतिक दलहरु सहमति जुटाउन छलफलमा जुटेका छन् ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहितका दलहरु राष्ट्रिय सभाको रिक्त रहेको पदमा निर्वाचनका लागि छलफलमा जुटेका छन् । विभिन्न चरणमा छलफल गरिए पनि भागबण्डा कसरी मिलाउने भन्ने टुंगो भने लागेको छैन । माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन नै गरेर जाने तयारीमा देखिएको छ ।
आज पनि सो विषयमा कांग्रेस माओवादीसहितका शीर्ष नेताहरु छलफल गरेका थिए । आज अपरान्ह ५ बजे गठबन्धनमा आवद्ध दलसहित एमालेसँग समेत छलफल हुने बताइएको छ ।
यसअघि मंगलबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई समेत साथमा लैजाने सहमति भएको थियो ।
आजको छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
आगामी माघ ११ मा निर्वाचन हुने राष्ट्रियसभामा १९ सिटमध्ये एमालेलाई तीन–चार सिट दिएर जाने विषयमा कांग्रेस र माओवादीभित्र छलफल चलिरहेको छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका अध्यक्षसहित २० सदस्यको पद रिक्त हुँदैछ । पद रिक्त हुनु भन्दा ३५ दिन अगावै पदपूर्ती गर्नुपर्ने संवैधानिक प्रावधान अनुुसार आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया