काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘कान्तिपुर पब्लिकेशन’ गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।
मंगलबार लामिछानेले आफूलाई सहकारीसँग जोडेर निरन्तर समाचार लेखेको भन्दै जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दायर गरेका हुन् ।
लामिछानेले आफूलाई नियोजित रुपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको र भ्रामक समाचार सामग्री सम्प्रेसण गर्नेहरुविरुद्ध काुननी उपचारमा गएको जानकारी गराएका हुन् ।
‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’ उनले भनेका छन् ।
आफू आरोप लाग्ने नहुने मान्छे नभए पनि सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि नभएको दाबी गरेका छन् ।
‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु।’ उनले भनेका छन् ।
त्यस्तै सहकारी पीडितहरुको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन नसकेमा अनुहार लिएर भोट माग्न नआउने दाबी गरेका छन् ।
‘सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो ।’ उनले भने ।
केही दिन एक सार्वजनिक कार्यक्रममा सहकारी पीडितले लामिछानेमाथि खोया प्रहार गरेका थिए । लामिछाने आवद्ध रहेको भनिएको सहकारीको पीडित रहेका भनिएका ती पुरुषले खोया प्रहार गरेपछि कान्तिपुरले विभिन्न प्रमाणसहित समाचार प्रकाशन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया