जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
84
Shares

भोजपुर । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा देउताल गाउँपालिका–५ बस्ने २५ वर्षीय गोपाल कुमार सहनीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

सहनीले ती महिलालाई भोजपुर नगरपालिका–७ स्थित संयोग होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?