सबैभन्दा सबल, सबैभन्दा अब्बल, जसले बनायो राष्ट्र बैंकको मर्जर नीतिलाई सफल

लोकपथ
154
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने बैंकमा यो पटक पनि ग्लोबल आईएमई बैंकको नाम दर्ज भएको छ । बैंकले गत आर्थिक बर्षमा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्था अन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरूप सम्मान पत्र प्रदान गरेका हुन् । ग्लोबल आईएमई बैंक विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

सन् २००७ मा वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरुवात गरेको ग्लोबल आईएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रूपमा स्थापित भएको छ । आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० वटा शाखा, तीन सय ६९ एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । हाल बैंकको बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी तीन वटा बैदेशिक सम्पर्क कार्यालयहरु रहेका छन् । बैंकमा हाल चार हजार बढी कर्मचारी रहेका छन् ।

अहिले नेपालमा सबै किसिमका गरी २० वटा बाँणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये केही बहुराष्ट्रिय कम्पनीद्धारा प्रर्वधित बैंक रहेका छन् भने केही स्वदेशी लगानीमा सञ्चालित बैंकहरु रहेका छन् । तर ग्लोवल आईएमई बैंक एउटा त्यस्तो बैंक हो जुन यि २० वटा बाँणिज्य बैंकहरु मध्येमा सबैभन्दा सवल र सबै भन्दा अब्बल बैंककोरुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । बैंकले आफुलाई सवल र अब्बल मात्र बनाएको नभई सिंगो मुलुकको आर्थिक बिकास र समृद्धिमा पनि निकै नैं ठुलो योगदान दिईरहेको छ ।

आजको दिनमा नियनकारी निकाय नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्बन्धी नीति सफल छ भने यो सफलताको पछाडिको हात पनि ग्लोवल आईएमई बैंक कै रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै रहेको अवस्थामा आफ्नो नियमनकारी क्ष्मतालाई सुदृण र प्रभावकारी बनाएर वित्तीय क्षेत्रलाई सवल र सक्षम बनाउनको लागि मर्जर प्राप्ती सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।

यो व्यवस्था कार्यान्वयनमा ल्याएपछि ग्लोवल आईएमई बैंक एक्लैले साना ठुला समेत गरी झण्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरुलाई आफुमा गाभेको तथा विलय गराएको थियो । बैंकिङ क्षेत्रमा दुई वा दुई भन्दा बढी संस्थाहरुलाई मर्जर तथा प्राप्ती गरी एउटै संस्थाको रुपमा चलाउनु निकै नैं चुनौतीपुर्ण रहेको छ । तर ग्लोवल आईएमई बैंक एउटा त्यस्तो बैंक हो, जसले दुई दर्जन बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर सफलरुपमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ । मर्जरपछि अधिकांश बैंकहरुले नकारात्मक प्रदर्शन गर्दा यो बैंकको सञ्चालक समिति तथा व्यवस्थापनले सहजरुपमा मर्जरलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरुमा प्रतिष्पर्धी बैंक भन्दा राम्रो नतिजा ल्याएको छ । बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ । सबैका लागि बैंक भन्ने नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ । ग्लोबल आइएमई बैंक कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा चार खर्ब ४३ अर्ब १६ लाख ३० हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब ५७ अर्ब ३७ करोड ३० लाख ५९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार अर्ब ८० करोड १५ लाख ८८ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकले एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । ग्लोवल आईएमई बैंकले कमाएको यो नाफा चालु आवको पहिलो त्रैमासमा कमाएको यो नाफा बाँणिज्य बैंकहरु मध्येमा सबैभन्दा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?