फेडेरल रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

लोकपथ
91
Shares

काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) भारतीय चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ मा ‘ब्रोकर अफ दि इयर–नेपाल’ अवार्डको विजेताको रुपमा २०२३ नोभेम्बर २३ मा सम्मानित भएको छ ।

चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड ,२०२३ अन्तर्राष्ट्रिय ख्याति प्राप्त स्वतन्त्र परामर्शदाता पिडब्लुसी भारतको सहकार्यमा गरिएको थियो । उक्त समारोहमा पिडब्लुसीले, अवार्डको प्रक्रिया समीक्षकको रूपमा कार्य गर्दै, चयन प्रक्रियाको विश्वसनीयता र पारदर्शिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

उक्त समारोहमा कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनियता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारीत सेवा प्रवाहको आधारमा कार्य सम्पादन गर्ने विभिन्न कम्पनीहरुलाई सम्मानित गरिएको छ ।

भारतको मुम्बईमा नोभेम्बर २२ बाट सुरु भएको समारोहमा फेडेरलका प्रबन्ध निर्देशक सुवर्ण पौडेलले एशियन स्तरको उक्त पुरस्कार ग्रहण गरेका छन् । उक्त अवार्ड ग्रहण गरे पश्चातः पौडेलले आफ्नो विचार व्यक्त गर्दै भने, “यो अवार्ड एफआरबीएलको संचालक समिति, व्यवस्थापन तथा अन्य सरोकारवालाहरुको अथक प्रयास र सहयोगको परिणाम हो । यस अवार्डले हाम्रो ग्राहक सेवाको उत्कृष्टतालाई सुनिश्चित गरेको छ र हामीलाई अझै गुणस्तरीय सेवा प्रदान गर्न हौसला बढाएको छ ।”

उक्त उपाधिले एफआरबीएललाई पुनर्बीमा क्षेत्रमा उत्कृष्टताको उदाहरण बन्न मदत पुगेको छ । नेपालको पुनर्बीमा दलाल क्षेत्रमा उत्कृष्टता र ग्राहक–केन्द्रित सेवाको दृष्टिकोणबाट एक आदर्शको स्थापना गर्न एफआरबीएल सफल भएको छ । एफआरबीएलले भारतीय चेम्बर अफ कमर्स तथा इमर्जिङ एसिया बीमा पुरस्कार समितिलाई आभार व्यक्त गर्दै पुनर्बीमा दलाल क्षेत्रमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्न अग्रसर रहने प्रतिवद्धता जनाएको छ ।

यो उपाधि एफआरबीएलको लागि अर्को ऐतिहासिक उपलब्धि हो । हालै मात्र नेपालमा आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्ने पहिलो पुनर्बीमा दलाल कम्पनी बनेको एफआरबीएल, ‘ब्रोकर अफ दि इयर–नेपाल’ अवार्ड प्राप्त गर्ने पनि नेपालकै पहिलो पुनर्बीमा दलाल कम्पनी बनेको छ । विश्वभरका प्रतिष्ठित बीमा कम्पनीहरू, पुनर्बीमा कम्पनीहरू, ब्रोकरहरू र जोखिम व्यवस्थापन फर्महरूसँग रणनीतिक रूपमा साझेदारी गर्दै, एफआरबीएलले अन्तर्राष्ट्रिय पुनर्बीमा क्षेत्रमा एक प्रमुख खेलाडीको रूपमा आफ्नो स्थान बलियो बनाएको छ ।

उक्त भव्य समारोहमा एसियन राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, थाइल्याड, भुटान, म्यानमार र मालदिभ्सबाट बीमा क्षेत्रका दिग्गज व्यक्तिहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?