काठमाडौं । सिरहामा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।
सिरहा नगरपालिका–१९ सन्हैठा नयाँचोकस्थित सडकमा स.२ प ४५३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेहरूमा अर्नामा गाउँपालिका–५ बस्ने २७ वर्षीय दिनेश कुमार यादव, किशनपुर बस्ने ३२ वर्षीय रामवृक्ष यादव र रडियाह बस्ने १९ वर्षीय मुकेश कुमार सिंह रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको हो ।साथै दुर्घटनामा गम्भीर घाइते भएका १ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया