धरान । सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधी उपचारका लागि ब्रिटिस आर्मी धरान १५ निवासी डिल्ली तुम्रोकले नगद १० हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।
अभियानको अगुवाई गरिरहेका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई रकम हस्तान्तरण गर्दै लाइन्स अफ धरान क्यालिबरका सचिवसमेत रहेका तुम्रोकले संगठनले चलाएको अभियानमा सहभागी हुन पाएकोमा खुशी लागेको बताए ।
चालकको उपचार बापत घोपास्थित आमा फार्मेसीमा मात्रै १ लाख ५१ हजार ९ सय बाँकी छ जसमध्ये सहयोगीहरु मार्फत ६३ हजार ६० रुपैया (तुम्रोकको सहयोग समेत) संकलन भएको छ ।
चालक सोम राईकी श्रीमति सकुन राईको उपस्थितिमा भएको रकम हस्तारण कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई र जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवाको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया